Kath khabar
पुन १६ अंकले घट्यो नेप्से, सबै सूचक रातै



                      काठमाडौं, वैशाख २५ । नेप्से घटेर रातै भएको छ । अघिल्लो दिन उच्च अंकले घटेको नेप्से आज सोमबार पनि १६ दशमलव ९३ अंकले घटेर १८ सय ३३ दशमलव ६९ अंकमा खुम्चिएको छ । यसैगरी सेन्सिटिभ पनि दुई दशमलव ४१ अंकले घटेर तीन सय ५२ दशमलव ३७ अंकमा खुम्चिएको छ ।

नेप्सेमा आज दुई सय ७० वटा कम्पनीहरूको २५ हजार पाँच सय ८८ पटकको कारोबारमा २८ लाख १० हजार छ सय २७ कित्ता शेयर खरिद बिक्री भएका छन् । जसबाट आज कुल कारोबार रकम ८२ करोड ४२ लाख १७ हजार एक रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरूको कारोबार भएको मध्ये वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, निर्जीवन बीमा, जीवन बीमा, होटल तथा पर्यटन, लगानी कोष, उत्पादनमूलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष ट्रेडिङ सबै समुहहरूको सूचक घटेर रातै भएको छ ।

कारोबार भएका कुल कम्पनीहरू मध्ये आज वीन लघुवित्त वित्तीय संस्था, सामलिङ पावर कम्पनी, आरएमडिसी लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य बढेका छन् भने इष्टर्न हाइड्रोपावर कम्पनी, बलेफी हाइड्रो पावर कम्पनी आदिको शेयर मूल्य घटेका छन् ।

यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने शिवम् सिमेन्ट, राष्ट्रिय बीमा कम्पनी, निर्धन उत्थान लघुवित्त वित्तीय संस्था आदि परेका छन् ।

प्रकाशित मिति: सोमबार, वैशाख २५, २०८०  १५:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update