रास्वपा पूर्वसांसद ढाकाकुमार श्रेष्ठको कारबाही कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश
काठमाडौं, वैशाख २५ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद पदबाट हटाइएका ढाकाकुमार श्रेष्ठलाई कारबाही गर्नुको कारण मागेको छ ।
आफूलाई सांसद र पार्टीको साधारण सदस्यबाट हटाउने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयविरूद्ध पूर्वसांसद ढाकाकुमार श्रेष्ठले दिएको रिटमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।
सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले सांसद श्रेष्ठलाई कारबाही गर्नुको कारण माग गर्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेको सर्वोच्च अदालतले जनाएको छ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको भन्दै श्रेष्ठलाई रास्वपाले समानुपातिक सांसद र पार्टीको साधारण सदस्यबाट हटाएको थियो।
प्रकाशित मिति: सोमबार, वैशाख २५, २०८० १६:००
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय