Kath khabar
फरार रायमाझीलाई पक्रन देशभर पत्राचार

 

               काठमाडौं, वैशाख २६ ।  नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेकपा (एमाले) का सचिव एवं पुर्व मन्त्री टोपबहादुर रायमाझीलाई पक्राउ गर्न जिल्ला प्रहरी परिसर काठमाडौंले देशभरका प्रहरी निकायमा पत्राचार गरेको छ ।

काठमाडौं जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेपछि रायमाझी फरार भएका थिए । रायमाझीको खोजी गर्न केन्द्रीय अनुसन्धान ब्युरोको टोली पनि परिचालन गरिएको छ ।

यसैगरी, पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई प्रहरीले आवश्यक परेको बेला उपस्थित हुने कागज गराएर छाडेको छ । सोमबार अपरान्ह काठमाडौं प्रहरी परिसरमा पुगेका खाँडलाई आवश्यक परेको बेला बयानका लागि उपस्थित हुने कागज गराइएको प्रहरी स्रोतले जनाएको छ ।

खाँडले आफू अनुसन्धानमा सहयोग गर्न तयार रहेको प्रहरीले जनाएको छ ।  नक्कली शरणार्थी प्रकरणमा खाँडकी पत्नी मञ्जुले पनि रकम बुझेको अडियो सार्वजनिक भएको छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख २६, २०८०  १२:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update