दुर्घटना
बैराड नदीमा बस खस्दा १५ जनाको मृत्यु
“बिहान ८:४० बजे दसांगा र डोङ्गरगाउँको बीचमा बस बैराड नदीमा खसेको थियो, रेलिङ भाँचेर नदीमा खसेको थियो। नदी सुकेको थियो, अहिले १५ जनाको मृत्यु भएको खबर छ
मध्य प्रदेश, वैशाख २६ । मध्य प्रदेशको खरगोनमा एउटा बस पुलको रेलिङ भाँचेर नदीमा खसेको छ । दुर्घटनामा हालसम्म १५ जनाको मृत्यु भइसकेको छ ।
मध्य प्रदेशका गृहमन्त्री नरोत्तम मिश्रले भने, “बिहान ८:४० बजे दसांगा र डोङ्गरगाउँको बीचमा बस बैराड नदीमा खसेको थियो, रेलिङ भाँचेर नदीमा खसेको थियो। नदी सुकेको थियो, अहिले १५ जनाको मृत्यु भएको खबर छ। २०-२५ जना घाइते छन्, सबै घाइतेलाई जिल्ला अस्पतालमा भर्ना गरिएको छ ।”
समाचार एजेन्सी एएनआईका अनुसार मध्य प्रदेश सरकारले खरगोनमा मृतकका परिवारलाई ४/४ लाख रुपैयाँ, गम्भीर घाइतेलाई ५०/५० हजार रुपैयाँ र सामान्य घाइतेलाई २५/२५ हजार रुपैयाँ दिने घोषणा गरेको छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख २६, २०८० १२:४८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय