काठमाडौं, वैशाख २६ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा। तोसिमा कार्कीले सो नक्कली भुटानी शरणार्थी प्रकरणमा देशका ठूल्ठूला निकाय र राजनेताहरू नै संलग्न रहेको आरोप लगाउँदै आक्रोश व्यक्त गरिन् ।
आज बसेको प्रतिनिधि सभाको बैठकको शून्य समयमा बोल्दै उनले सदन देश निर्माणको छलफल हुने थलो होकी एक भ्रष्टाचारीले अर्को भ्रष्टाचारीलाई जोगाउने प्रहसनस्थल हो ? भन्दै प्रश्न गरिन् । उनले सबै सांसदहरुको सम्पत्ति संसद सचिवालयको वेबसाईटमा तत्काल सार्वजनिक गरि उनीहरुको सम्पत्तिको स्रोत खोज्न पनि सभामुखलाई निर्देशन दिनुपर्ने माग गरिन् ।
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेश लैजाने काममा देशका ठूला ठूला निकाय र राजनेताहरु संलग्न भइरहेको कुरा बाहिर आइरहेको छ । प्रहरीद्वारा पक्राउ पूर्जी जारी समेत जोगाउन खोजिएको छ ।’ उनले भनिन् ।