Kath khabar
कृषि र व्यापार क्षेत्रलाई टेवा पुर्‍याउँदै करेन्ट चाउचाउ



                    काठमाडौं, वैशाख २६ । यशोदा फुड्स अहिले नेपाली बजारमा निकै प्रख्यात नाम बनेको छ । सकेसम्म देश भित्रकै साम्रगी र खाद्यान्न प्रयोग गरेर देशलाई अन्तराष्ट्रिय चाउचाउ बजारमा चिनाउन सफल करेन्टले विदेशी मुद्रा भित्राएर देशको आर्थिक विकासमा पनि निकै ठुलो टेवा पुर्याएको देखिन्छ ।

स्वदेशमै विदेशी स्तरको पिरो चाउचाउ उत्पादन सम्भव छ भन्दै करेन्ट नामबाट चाउचाउ उत्पादन गरेको केही वर्षमै आज करेन्ट नेपाली बजारमा छाउँदै भारत, अस्ट्रेलिया र अमेरिका जस्ता मुलुकहरुमा पनि निर्यात हुन थालेको छ । बिदेशी बजारमा रहेको करेन्टको लोकप्रियतालाई यसको प्रति वर्ष १ करोड अमेरिकी डलर बराबरको निर्यातले प्रष्ट पार्दछ ।

देशभर प्रत्यक्ष र अप्रत्यक्ष रुपमा लगभग १५००० मानिसलाई रोजगारी दिँदै करेन्टले देशका ५ जिल्लाका १० हजार किसानलाई पनि बजार दिँदै आएको छ। सन् २०१७ मे ७ मा रूपन्देही तिलोत्तमाबाट आफ्नो उत्पादन सुरुवात गर्दै खाद्य सामाग्रीको बजारमा प्रविष्ट भएको कम्पनीले करेन्ट चाउचाउ उत्पादनका लागि ५ जिल्लाका १० हजारभन्दा बढी कृषकमार्फत अकबरे खुर्सानी लगायत कृषि उत्पादनहरू खरिद गर्दै आएको छ ।  

किसानहरुलाई खुर्सानी उत्पादनका लागि प्रोत्साहन गर्नुका साथै उनीहरूको उत्पादनलाई बजार दिँदै करेन्टले देशका बिभिन्न ठाउँमा रोजगारी सिर्जना गरिरहेको छ । यसले देशका केही ठाँउमा वैदेशिक रोजगारी भन्दा देशमै पसिना बगाउनु उचित हो भन्ने भावनालाई पनि उजागर गरिरहेको छ ।

करेन्टले देश भित्रै विदेशी गुणस्तरको पिरो चाउचाउ उत्पादन गरे सँगै नेपाली बजारमा हुने पिरो चाउचाउको आयात पनि १५ प्रतिशतले घटेको तथ्याङ्कले बताउँछ । देशको खस्कदो अर्थतन्त्रमा निर्यात मार्फत केही हदसम्म सुधार ल्याउँदै करेन्टले आफूजस्ता अन्य स्वदेशी उत्पादकहरूलाई पनि प्रोत्साहन गरिरेहको छ । नेपाली उत्पादन करेन्ट यसरी सबैमाझ परिचित हुनु देशको लागि एउटा गर्वको कुरा त हो नै अझै नेपालमै पसिना बगाउन चाहने किसानका लागि अवसर  र व्यापार व्यवसाय गर्ने सोच राख्नेहरूका लागि एक उत्कृष्ट उदाहरण पनि हो ।

लामो अनुसन्धानपछि नेपाल मै उत्पादित पिरो चाउचाउले बजार पाउन सक्छ भन्ने पक्कापक्कीपछि यशोदा फुड्सले ‘करेन्ट’ को उत्पादन सुरु गर्यो । उत्पादनको ६ वर्षमै पिरो चाउचाउ करेन्टले नेपाली र विदेशी बजारको ठूलो हिस्सा ओगटेको छ ।

करेन्ट चाउचाउले स्वदेशमा मात्र होइन, विदेशमा पनि राम्रो बजार लिएको छ । विदेशमा पनि करेन्ट चाउचाउको मनग्य माग रहेको उत्पादक बताउँछ । उत्पादक कम्पनी यशोदा फुड्सका अनुसार नेपालबाट करेन्ट चाउचाउ प्रतिवर्ष १ करोड अमेरिकी डलर (करिब १ अर्ब ३० करोड रुपैयाँ) बराबरको निर्यात हुन्छ । उत्पादनको छोटो समयमै चाउचाउ नेपाली बजारमा सबैभन्दा लोकप्रिय हुनुका साथै भारत, अष्ट्रेलिया र अमेरिकाजस्ता मुलुकहरूमा पनि निर्यात हुँदै आएको छ ।

नेपालमा करेन्ट चाउचाउ काठमाडौं, विराटनगर, चितवन, बुटवल, पोखरा जस्ता मुख्य शहरमा बढी बिक्री हुन्छ । अनलाइनमार्फत पनि करेन्ट चाउचाउ किन्न पाइन्छ । ‘नराम्रोलाई सुधार्दै लैजाने र राम्रोलाई अझै राम्रो बनाउने प्रयास जारी नै रहनेछ,’ कम्पनीको भनाइ छ ।  

नेपाल मै उत्पादित अकबरे खुर्सानीको प्रयोग गरेर बनाइएको करेन्ट चाउचाउको उत्पादनमा प्रयोग हुने सम्पूर्ण सामग्री सरकारबाट अनुमति प्राप्त भएकाले यो स्वस्थकर भएको कम्पनीको दाबी छ । कम्पनी कै मागअनुसार मकवानपुरमा स्थानीय कृषकले ३० हेक्टरभन्दा बढी बाँझो जमिनमार्फत अकबरे खुर्सानी उत्पादन सुरु गरेका छन् ।

प्रकाशित मिति: मंगलबार, वैशाख २६, २०८०  १६:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update