टोपबहादुर रायमाझीको घरमा प्रहरीको छापा
काठमाडौं, वैशाख २६ । प्रहरीले पूर्वउपप्रधानमन्त्री तथा एमाले सचिव टोपबहादुर रायमाझीको नेकपा घरमा छापा मारेको छ । मङ्गलवार खुमलटारस्थित रायमाझीको घरमा प्रहरीले छापा मारेको हो ।
नक्कली शरणार्थी प्रकरणमा सचिव रायमाझीविरुद्ध काठमाडौं जिल्ला अदालतले वैशाख २० गते पक्राउ पुर्जी जारी गरेको थियो । तर उनी अहिलेसम्म पनि फरार छन् । उनलाई पक्राउ गर्न जिल्ला प्रहरी परिसर काठमाडौंले ७७ वटै जिल्लामा पत्राचार गरेको छ । शरणार्थी प्रकरणमा रायमाझीका छोरा सन्दीप भने पक्राउ परिसकेका छन् ।
प्रकाशित मिति: मंगलबार, वैशाख २६, २०८० १७:१८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय