Kath khabar
हुुण्डाई नेपालले बिद्युुतीय सवारीको पुर्वाधार विकास र सेवा विस्तारमा काम गर्ने 

काठमाडौं, जेठ ३०। हुन्डाई गाडीको नेपाल को लागि आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले इलेक्ट्रिक भिएकल विद्युतीय गाडीको क्षेत्रमा ठूलो कदम चालिरहेको छ ।

नेपालमा, हुन्डाईसँग हाल इलेक्ट्रिक सवारीमा कोना र आईनिक नामक दुई मोडलहरु रहेकाछन् । बजार भित्रिएको छोटो अवधिमा नै यी दुबै मोडेलहरूलाई नेपाली अटो उत्साहीहरूले सकारात्मक समीक्षाका साथ स्वागत गरेका थिए र यी अहिले पनि उत्तिकै रुचाइने मोडेलहरू हुन् ।

अटोमोबाइलको भविष्य विद्युतीय सवारीको दिशामा सर्दै गएकाले हुन्डाईले विद्युतीय गाडीको क्षेत्रमा एकदम संभावना देखेको छ र आफ्नो ईभी गाडीहरुको बिक्री बढ्नेमा विश्वस्त छ ।

विश्वभरी मात्र नभई नेपालमा पनि ग्राहकहरु वातावरणबारे सचेत भएका छन् र उनीहरु वातावरणीय दीर्घकालीन स्थिरतामा योगदान गर्न चाहन्छन् । इलेक्ट्रिक सवारी प्रयोग गरी वातारण संरक्षणमा सहयोग गर्ने एक प्रभावकारी तरिका हो ।

सरकारले पेश गरेको गत बजेटमा विद्युतीय सवारी साधनमा थप शुल्क लगाइएको कारण मूल्य अत्यन्तै बढेको थियो यद्यपि, हालै आ.व. २०७८-७९ को लागि प्रस्तुत गरिएकोे बजेटमा विद्युतीय सवारीहरुमा कर घटाइएकोले हुन्डाईका विद्युतिय गाडीहरुको शुल्क पनि घटेको छ। 

प्रकाशित मिति: आइतबार, जेठ ३०, २०७८  १८:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update