Kath khabar
शरणार्थी प्रकरणबारे नेपाल प्रहरीको विज्ञप्ति

 

                 काठमाडौं, वैशाख २७ ।  नेपाल प्रहरीले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै भएको ठगीबारे तथ्यहीन तथा भ्रामक समाचार प्रकाशन र प्रसारण नगर्न अनुरोध गरेको छ ।

नेपाल प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालयका तर्फबाट प्रहरी वरिष्ठ उपरीक्षक दिपेन्द्र जिसीले विज्ञप्ति निकालेर तथ्य र वस्तुगत प्रमाणमा आधारित रहेर अनुसन्धानलाई सारभूत रूपमा निष्कर्षमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्दै तथ्यहीन समाचार सम्प्रेषण नगर्न अनुरोध गर्नुभएको हो ।

कतिपय सञ्चारमाध्यम र अनलाइनमा यो मुद्दाको विषयलाई लिएर गलत, मनोगत, अनुमानमा आधारित भ्रमपूर्ण समाचार सम्प्रेषण भएको भन्दै प्रहरीले त्यसतर्फ ध्यानाकर्षण भएको पनि जनाएको छ । गलत समाचारबाट मुद्दाको अनुसन्धानमा समेत नकरात्मक असर पर्नसक्ने विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८०  १५:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update