Kath khabar
पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई म्याद थपको लागि अदालत लगियो

 

                काठमाडौं, वैशाख २७ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई जिल्ला अदालत काठमाडौं लगिएको छ ।

प्रहरीले बुधबार बिहान पक्राउ गरेको खाँणलाई हिरासतमा राख्न अनुमति लिन जिल्ला अदालतमा लगेको हो ।  जिल्ला प्रहरी परिसर काठमाडौंबाट उनलाई अपरान्ह ३ बजे बबरमहलस्थित जिल्ला अदालत काठमाडौं लगिएको हो ।

नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पाउने ठगी प्रकरणमा अनुसन्धानका लागि उनलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८०  १६:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update