टोपबहादुरले संसद् सचिवालयलाई पठाए बिरामी भएको पत्र
काठमाडौं, वैशाख २७ । नक्कली शरणार्थी प्रकरणमा मुछिएर फरार रहेका नेकपा एमालेका नेता तथा सांसद टोपबहादुर रायमाझीले आफू बिरामी भएको जानकारीसहितको पत्र संघीय संसद् सचिवालयलाई पठाएका छन् । उनले इमेलमार्फत आफू बिरामी परेकाले बिदा जनाइदिन आग्रह गर्दै सचिवालयलाई पत्र पठाएको बताइएको छ ।
एमाले सचिवसमेत रहेका टोपबहादुर रायमाझी मंसिर ४ को निर्वाचनमा अर्घाखाँचीबाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए । उनलाई आज बुधबार पार्टीले पदबाट निलम्बन गरिसकेको छ । पक्राउ पुर्जी जारी भएपछि रायमाझी फरार रहेका छन् ।
प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८० १६:३३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय