राजनीति
पूर्वगृहमन्त्री खाँणलाई ४ दिन थुनामा राख्न अदालतको अनुमति
जिल्ला प्रहरी परिसर काठमाडौंले उनलाई अपरान्ह ३ बजे बबरमहलस्थित जिल्ला अदालत काठमाडौंमा म्याद थपका लागि लगेको थियो
काठमाडौं, वैशाख २७ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई ४ दिन थुनामा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ । प्रहरीले बुधबार बिहान पक्राउ गरेको खाँणलाई अनुसन्धानका लागि ४ दिन हिरासतमा राख्न जिल्ला अदालतले अनुमति दिएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंले उनलाई अपरान्ह ३ बजे बबरमहलस्थित जिल्ला अदालत काठमाडौंमा म्याद थपका लागि लगेको थियो । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणमा अनुसन्धानका लागि उनलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८० १६:३६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय