Kath khabar
देशभरको अधिकतम तापक्रम बढ्दै

 

                   काठमाडौं, वैशाख २८ ।  देशका धेरै ठाउँमा बिहानैदेखि गर्मी छ । गर्मी अझै बढ्ने मौसमविद्को अनुमान छ । केही दिन यता देशभरको अधिकतम तापक्रम बढिरहेको छ । विराटनगरको अधिकतम तापक्रम ४०  डिग्री सेल्सियस नाघेको छ ।

मौसमविद् सन्जिब अधिकारीका अनुसार विराटनगरको अधिकतम तापक्रम हिजो ४० दशमलव ३ डिग्री सेल्सियसमा पुगेको थियो । अन्य तराईका जिल्लाको तापक्रम ४० डिग्री सेल्सियसको हाराहारीमा छ । आज पनि टन्टलापुर घाम लाग्ने अनुमान छ ।

आज गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका १/२ ठाउँमा बेलुकी पख मौसम बदली भइ हल्का पानी पर्ने अनुमान छ । यस्तै, लुम्बिनी प्रदेशका तराईका जिल्लामा हावाहुरी चल्ने अनुमान छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख २८, २०८०  १२:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update