Kath khabar
अद्भुत फोनको संस्करण - सामसङको ग्यालेक्सी ए २४ एलटिइ



                     काठमाडौं, वैशाख २८ । साममङले आफ्नो अत्यन्त लोकप्रिय ए-सिरिजमा एक नयाँ, अद्भुत फोनको संस्करण थप गरेको छ । यसपटक सामसङले बजारमा ग्यालेक्सी ए २४ एलटिइ पेश गरेको छ, जुन ओक्टा–कोर प्रोसेसर जडित हुनको साथै अधिक अद्भूत गुणहरुले भरपूर छ ।

यो नयाँ ग्यालेक्सी ए २४ एलटिइमा केही अद्वितीय विशेषताहरु लगायत ९० हर्ज रिफ्रेस रेटसहितको ६.५ इन्चको सुपर एमोलेड डिस्प्लेका साथ निर्मित छ । मोबाइलले १२८ जिबिर २३६ जिबिको आन्तरिक स्टोरेज क्षमतायुक्त ६ जिबि  वा ८ जिबि र्‍यामका साथ काम गर्छ। साथै यसमा भएको माइक्रो एसडि कार्डमार्फत् १ टिबिसम्मको बाह्य मेमोरीलाई यसले सपोर्ट गर्छ ।

ग्यालेक्सी ए २४ एलटिइको क्यामराका हकमा पृष्ठभागमा ५० एमपिको प्राइमरी क्यामरा जडित छ, जसलाई ५ एमपि अल्ट्रावाइड र २ एमपि म्याक्रो लेन्सहरुले सपोर्ट गरेका छन् । यसमा १३ एमपि सेल्फीक्यामरा लेन्स र फोनमा जडित ओआइएसले अद्भूत पलहरुलाई क्याप्चर गर्न एक उपयुक्त सेटअप तयार पार्छ। साथै, फोनमा छिटो चार्ज हुने टाइप सिको तारहरुसहित शक्तिशाली ५००० एमएएच ब्याट्री पनि जडान गरिएको छ ।

त्यसैले अब तपाईंले आफ्नो वरिपरिका अद्भूत दृश्यहरू क्याप्चर गर्दा र क्लिक गर्दा स्टोर वा समय समाप्त हुने चिन्ता लिन छाडिदिनु होस् किनकी ग्यालेक्सी ए २४ एलटिइमा स्टोरगर्नको लागि प्रशस्त क्षमता छ । स्टोरको कुरा गरिरहँदा तपाईंले केही अद्वितीय एपहरू र फिचरहरु पाउन सक्नु हुनेछ, जुन तपाईंले फोनबाट प्राप्त गर्नु हुने विशेषताअनुसार राम्ररी मेल खान्छ ।

तपाईंले अब बजारमा उपलब्ध भएको नयाँ ग्यालेक्सी ए२४ एलटिइ खरीद गरेर पूर्णतः नयाँ मोबाइलको अद्भूत अनुभव संगाल्न सक्न हुन्छ । ६+१२८ जिबिको ग्यालेक्सी ए२४ को मुल्य रु.२८,९९९/- कायम गरिएको छ भनें ८+१२८ जिबिको मोबाइल रु.३१९९९/- मा उपलब्ध छ । यो एउटा त्यस्तो स्मार्टफोन हो  जुन अद्भूत बनावट र विशेषताहरु युक्त छ र यो केही अद्वितीय पलहरुको सिर्जना गर्नका लागि पनि बनेको एक उपयुक्त उपकरण हो ।

प्रकाशित मिति: बिहीबार, वैशाख २८, २०८०  १२:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update