Kath khabar
लबिम मलमा खुल्यो हाई स्ट्रिट ब्रान्ड ‘इन्ड्या एण्ड फाबले’ को शोरुम


              ललितपुर, वैशाख २८ । भारतको लोकप्रिय हाई स्ट्रिट ब्रान्ड ‘इन्ड्या एण्ड फाबले’ ले ललितपुरस्थित लबिम मलमा आफ्नो पहिलो एक्सक्लुसिभ ब्रान्ड आउटलेट सञ्चालनमा ल्याएको छ ।

वैशाख १७ गतेदेखि सञ्चालनमा आएको यस इन्ड्या एण्ड फाबले ब्रान्ड एक एथनो फ्युजन ब्रान्ड हो जहाँ विभिन्न प्रकारका पश्चिमी लुगा र आधुनिक जातीय पहिरन पाइने गर्छ । लबिम मलमा खुलेको यो आउटलेट नेपालकै दोस्रो स्टोर हो । फाबलेको पहिलो स्टोर यसअघि नै पोखरामा सञ्चालनमा आइसकेको छ ।

बुधबारदेखि सञ्चालनमा आएको यस स्टोरको उद्घाटन हाई स्ट्रिट एसेन्शियलका वरिष्ठ उपाध्यक्ष र रिटेल अपरेसन प्रमुख अतुल चच्राले गरेका थिए । चच्राले हाई स्ट्रिट ब्रान्डलाई नेपालमा प्रस्तुत गर्न पाएकोमा आफू निकै उत्साहित भएको जनाए । यस्तै, आगामी दिनमा ब्रान्डको थप वृद्धि हुने प्रति आफू विश्वस्त रहेको उनले बताए ।

उनले नेपालका लागि यस ब्रान्डको आधिकारिक बिक्रेता पोखरास्थित ग्लो इन्टरनेशनल एक्सपोर्ट इम्पोर्ट प्राइभेट लिमिटेड कम्पनी रहेको जानकारी दिए ।

प्रकाशित मिति: बिहीबार, वैशाख २८, २०८०  १३:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update