Kath khabar
स्टर्लिङको शानदार गोलमा इंगल्याण्डले क्रोयशियालाई हरायो

लण्डन, जेठ ३० । इंग्ल्याण्डले क्रोयशियालाई एक सुन्यको गोलको झिनो अन्तरले हराउँदै बिजयी सुरुवात गरेको छ । केही बेर अघि लण्डनको वेम्बलीमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको थियो ।

साउथगेटको टिम इंग्ल्याण्डले पहिलो हाफमा अपेक्षा अनुरुप खेल पस्कन सकेन । खेल सुरु भएको छैठौँ मिनेटमै फिल फोडेनले गरेको प्रहार साइड बारमा ठोक्किए पछि इंग्ल्याण्ड अग्रता लिनबाट चुकेको थियो ।

रहिम स्टर्लिङले दिनुभएको पासमा युवा खेलाडी फोडेन गरेको प्रहारले पोष्टको दिशा लिन सकेन । २७ आ मिनेटमा इभान पेरिसिचले पनि गोल गर्ने मौका गुमाउनु भयो । दोस्रो हाफको ५७ औँ मिनेटमा इंग्ल्याण्डले खाता खोल्यो । रहिम स्टर्लिङले निकै उत्कृष्ट गोल गर्नुभएको हो ।

केभिन फिलिप्सले दुई डिफेन्डरको बिचबाट दिएको पासमा स्टलिर्ङले क्रोयशियाका गोल रक्षक डोमिनीच लिभाकोभिचलाई बिट गदै गोल गर्नु भएको हो । सोही गोल नै वेम्बलीमा घरेलु टोली इंग्ल्याण्डलाई जित निकाल्न पर्याप्त बन्यो । यो जितपछि तीन अंक जोडको इंग्ल्याण्ड समुह डीको शिर्ष स्थानमा उक्लेको छ । 

प्रकाशित मिति: आइतबार, जेठ ३०, २०७८  २०:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update