काठमाडौं, जेठ ३१ । ब्राजिल स्टार खेलाडी नेइमारको उत्कृष्ट प्रदर्शमा साविक बिजेता ब्राजिलले कोपा अमेरिकामा बिजयी सुरुवात गरेको छ ।
आज बिहान नेशनालीया स्टेडियममा भएको उद्यघाटन खेलमा घरेलु टोली ब्राजिलले भेनजुयलााथि तीन सुन्य गोलको सहज जित हात पार्यो । नेइमारले एक गोल गर्नुभयो भने उहाँकै पासमा अर्को गोल भएको थियो । खेलको २३औँ मिनेटमा पेरिस सेन्ट जर्मेन पिएसजीका डिफेन्डर मार्किन्होसको गोलमा ब्राजिलले अग्रता बनाएको थियो ।
भेनीजुएलाले क्लियर गर्न नसकेको कर्नर बलमा उहाँले गोल गर्नुभएको हो । पहिलो हाफमै रिचार्लीशनले गरेको गोल अफसाइड भएको थियो भने नेइमारले नै गरेको प्रहार बाहिरिएको थियो । दोस्रो हाफमा ब्राजिलले दुई गोल थप्यो । ६४ औँ मिनेटमा नेइमारले पेनाल्टीमा गोल गरि अग्रतालाई दोब्बर बनाउनु भयो ।
डि बक्स भित्र ड्यानीलोलाई भेनीजुयला योहान कुमानाले फउल गरेपछि पाएको पेनाल्टीमा उहाँले सहज गोल गर्नुभएको हो । यो उहाँको ब्राजिलका लागि ६७ औ गोल हो। उहाँ ब्राजिलयन महान् खेलाडी पेलेको रेकर्डभन्दा मात्र १० गोलले पछि हुनुहुन्छ । नेइमारको सहयोगमा ८९ औँ मिनेटमा गा्रबियल बार्बोसाले गोल गरि ब्राजिलको तीन सुन्य गोलको जित सुनिश्चित बनाउनु भयो । एक दिन अघि मात्र भेनीजुएलाका अफिसियल र खेलाडी गरि १२ जनामा कोभिड देखिएको थियो ।
यस्तै कोलम्बिया, इक्वेडर र पेरुको टिम पनि कोभिडका कारण प्रभावित छ । ब्राजिल १० औँ कोपा अमेरिकाको उपाधी जित्ने लक्ष्यमा छ । यस्तै आज बिहान भएको खेलमा भएको खेलमा कोलम्बियाले इक्वेडरलाई एक सुन्य गोलले हरायो । ४२ औँ मिनेटमा इडवीन कार्डोनाले गर्नुभएको एक मात्र गोल नै कोलम्बियालाई जित निकाल्न पर्याप्त बन्यो ।