Kath khabar
भुटानी शरणार्थी प्रकरण : अख्तियार प्रमुख प्रेम राईको पनि संलग्नता रहेको प्रमाण जुटाउँदै प्रहरी

 

               काठमाडौं, वैशाख २९ । भुटानी शरणार्थीका नाममा भएको ठगी प्रकरणमा अझै केही उच्चपदस्थको संलग्नता रहेकाले उनीहरू माथि अनुसन्धान जारी रहेको प्रहरी अधिकारीहरूले बताएछन् ।

पीडितले दिएको जाहेरी र अभियुक्तहरूले बयानमा जोडिएका अन्यमाथि अनुसन्धान जारी छ । बलियो प्रमाण जुटिनसकेकाले उनीहरू सम्बन्धी सूचना प्रहरीले गोप्य राखेको छ । पीडितहरूले कांग्रेसका सांसदद्वय आरजु देउवा र मञ्जु खाँण तथा हाल अख्तियारका प्रमुख आयुक्त रहेका तत्कालीन गृहसचिव प्रेमकुमार राईले पनि आफूहरूलाई सहयोग गरेको बताएका छन्  । 

पीडितहरूले कांग्रेसका सांसदद्वय आरजु देउवा र मञ्जु खाण तथा हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त रहेका तत्कालीन गृहसचिव प्रेमकुमार राईले पनि आफूहरूलाई सहयोग गरेको बताएका छन् । किर्तेमा संलग्न गृहको स्थानीय प्रशासन तथा प्रदेश समन्वय शाखाका केही कर्मचारी पनि प्रहरी छानबिनमा छन् । 

प्रकाशित मिति: शुक्रबार, वैशाख २९, २०८०  १४:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update