काठमाडौं, वैशाख २९ । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र विज्ञापनजन्य सामग्री बाँड्ने ६१ जनालाई कारबाही गरेको छ ।
शुक्रवार काठमाडौं म्हानगरपालिकाका विभिन्न परीक्षा केन्द्र बाहिर बसेर क्याम्पसका विज्ञापनजन्य सामग्रीहरु बाँड्दै हिँड्ने ६१ जनालाई कारबाही गरेको हो । उनले महानगर क्षेत्रभित्र पर्चा, पोस्टर लगायतका विज्ञापनजन्य सामग्री नबाँड्न/नराख्न सूचना जारी गरेपनि नटेरेपछि कारबाही प्रक्रिया अघि बढाएको बताए ।
पक्राउ पर्नेहरुको संस्था पहिचान गरी प्रति संस्था ५ हजार रुपैयाँ जरिवाना तिराइएको महानगरले जनाएको छ । पक्राउ पर्नेहरुलाई महानगरले बागदरवारस्थित प्रहरी बलको कार्यालयमा ल्याएर जरिवाना तिराइरहेको हो । बलले ४ वटै क्षेत्रबाट नगर प्रहरी परिचालन गरेर कक्षा १२ को परीक्षा केन्द्र बाहिरबाट उनीहरुलाई पक्राउ गरेको हो ।