Kath khabar
अभिनेता आमिर खान ५ दिनमै मुम्बई किन फर्किए ?

 

                काठमाडौं, वैशाख २९ ।  १० दिनका लागि नेपाल आएका बलिउड अभिनेता आमिर खान ५ दिनमै फिर्ता भएका छन्। खान गते आईतवार बुढानीलकण्ठस्थित विपश्यना केन्द्रमा ध्यान गर्नका लागि नेपाल आएका थिए।

तर ध्यान गरेको ५ दिन नबित्दै उनी मुम्बई फर्किएका छन्। आज बिहान करिब ११ बजे उनी मुम्बई फर्किएका हुन्। गत आइतबार काठमाडौं आइपुगेका उनी शुक्रबार बिहान १०:५० बजे इण्डिगो एयरलाइन्सबाट मुम्बई प्रस्थान गरेका हुन् ।

आमिरले सोमबार देखि विपश्यनामा साधना गरे । शुक्रबार बिहान साढे ८ बजे उनले ध्यान केन्द्र छाडेर निस्किएको उक्त केन्द्रका एक कर्मचारीले बताए । आफ्ना नजिकका साथी राजीव लुथ्राको निधन भएपछि आमिर बीचमै ध्यान छाडेर गएको र पछि आउँदा ध्यान शिविरमा पूरा समय बस्ने बताएको जनाइएको छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २९, २०८०  १४:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update