काठमाडौं, वैशाख २९ । पोर्चुगलमा एक कुकुरलाई गिनिज वर्ल्ड रेकर्ड्सले अहिलेसम्मकै सबैभन्दा बुढो जीवित कुकुरको उपाधि दिएको छ ।
शुद्ध नस्ल रेफेइरो डो एलेन्तेजो जातको बबी नामक उक्त कुकुर बिहीबार ३१ वर्षको भएको छ । यसको मालिकले यो अवसरलाई विशेष तरिकाले मनाउने बताएका छन् । बबी मे ११, १९९२ मा जन्मिएको थियो । यस्तो जातका कुकुरहरूको औसत आयु १२ देखि १४ वर्षसम्म रहने गर्दछ । बबीको जन्म मिति लेइरिया नगरपालिकाको पशु चिकित्सा सेवा द्वारा पुष्टि गरिएको छ।
बबीकी मालिक कोस्टाले बबीकी आमा जिरा पनि १८ वर्षसम्म बाँचेको बताइन् । शनिबारको जन्मदिनको पार्टीका लागि अन्य देशका फ्यान तथा साथीहरूलाई पनि निमन्त्रणा गरिएको छ उनले बताइन् ।
फेब्रुअरीमा कुकुरलाई गिनिज वल्र्ड रेकर्डको उपाधि दिएपछि बबीको जीवन व्यस्त रहेको कोस्टाले भनिन् । धेरै पत्रकारहरू तथा संसारभरका मानिसहरू बबीसँग फोटो खिच्न आउँने गरेको कोस्टाले । बबीको स्वास्थ्यपनि राम्रो रहेको उनले बताएकी छिन् ।