Kath khabar
युरोकपः अष्ट्रिष्याको बिजयी सुरुवात

रोमानिया, जेठ ३१ । अष्ट्रियाले युरोकपमा बिजयी सुरुवात गरेको छ । यो उसको युरो कप इतिहासकै पहिलो जित हो । अष्ट्रियाले गएराती समुह सि अन्तगर्त डेब्युटेन्ट टिम उत्तर मेसीडोनियालाई तीन एक गोलले हराएको हो ।

रोमानियाको नेसनल रंगशालामा भएको खेलमा वैकल्पिक खेलाडी मार्को अर्नाउटोभिच र मिचाइल गे्रगोरिचले गोल गर्नुभएको थियो । १८ औँ मिनेटमा स्टेफेन लाइनरले गोल गरि अष्ट्रियाको खाता खोल्नु भयो । उहाँले सो गोल डेनमार्कका घाइते खेलाडी क्रिस्टियान इरिक्सन प्रति समर्पित गर्नुभयो ।

शनिबार राती फिनल्याण्डसँगको खेलमा कार्डिक अट्याक भएपछि लडेका उहाँ अहिले अस्पतालमा हुनुहुन्छ । अहिले उहाँ खतरा मुक्त रहेको डेनिस फुटबल संघले बताएको छ । मेसीडोनियाका लागि २८ औँ मिनेटमा गोरान पाण्डेवले बराबरी गोल फर्काउनु भयो । २० वर्ष खेलिसक्नु भएका मेसीडोनियाका स्ट्राइकर पाण्डेवको यो एक सय २० औँ अन्तराष्ट्रिय खेल हो ।

३७ वर्षे पाण्डेवको यो मेसीडोनियाका लागि ३८औँ गोल हो भने मेसीडोनियाको युरोकपकै पहिलो गोल हो । खेल सकीन मात्र १२ मिनेट बाँकी रहँदा कप्तान डेबिड अलाभाको क्रसमा अर्नाउटोभिचले गोल थप्नु भएको थियो । ८९ औँ मिनेटमा ग्रेगोरिचले अष्ट्रियाको जित सुनिश्चित बनाउनु भयो ।

प्रतिस्पर्धात्मक खेलमा नेदरल्याण्डस्को कठिन जित

सोही समुहअन्तगर्त अर्को प्रतिस्पर्धात्मक खेलमा नेदरल्याण्ड्सले युक्रेनमाथिँ तीन दुई गोलको जित हात पारेको छ । पाँच ओटै गोल दोस्रो हाफमा भएका हुन् । आमस्टाडामस्थित क्रोयफ अरिनामाभएको खेलको ५२ औँ मिनेटमा जर्जिन्हो विजनाल्डमको गोलमा नेदरल्याण्ड्सले अग्रता बनाएको थियो ।

५६ औँ मिनेटमा वाउट हेगोस्र्टले नेदरल्याण्डसलाई दुई सुन्य गोलले अघि राख्नुभयो । तर ७५ औँ मिनेटमा एन्ड्री यर्मोलेन्कोले करिब २५ यार्ड टाँढाबाट गरेको गोलसंगै युक्रेन खेलमा फर्कियो । त्यसको चार मिनेटामा रोमान यारेमचुक बराबरी गोल फर्काएपछि डच समर्थक स्तब्ध भएका थिए । तर ८५ औँ मिनेटमा नाथान एकको क्रशमा डेनेल डम्फ्रिसले गोल गरेपछि नेदरल्याण्ड्सको जित सुुनिश्चित भएको हो ।

प्रकाशित मिति: सोमबार, जेठ ३१, २०७८  १०:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update