Kath khabar
कांग्रेस सांसद सञ्जय गौतम १५ बुँदे माग सहित आमरण अनशनमा

 

                 काठमाडौं, वैशाख ३१ ।  नेपाली काँग्रेसबाट प्रतिनिधि सभा सदस्य निर्वाचित सांसद सञ्जय कुमार गौतम आमरण अनसनमा बसेका छन् । आफ्ना १५ बुँदे माग राख्दै उनी शनिबार देखि आमरण अनसनमा बसेका हुन् । 

बबई नदीको जब्दीघाटमा नयाँ पुल निर्माण, भासिएको पुलको स्पान हटाउनु पर्ने, बबई नदी तटबन्ध र बबई सिंचाई आयोजनामा बजेट कटौतीले चुनौती थपिएको लगायत मागसहित उनी अनशन बसेका हुन् । सदनमा कयौं पटक जब्दीघाटको पुल निर्माणको आवाज उठाए पनि राज्यले बेवास्ता गरेकोले बाध्य भई आमरण अनशनमा बस्नुपरेको उनले बताए ।

२०७४ साल साउन २८ गते बाढीले भासिएको थियो । पप्पु कन्स्ट्रसनले निर्माण गरेको पुल २०७९ साल असोज २० गते आएको बाढीले बगाएको थियो । पुल बगाएपछि पूर्व-पश्चिम राजमार्ग जोड्ने गुलरिया-रम्मापुर सडक खण्डमा सवारी साधन आउजाउ बन्द छ । बबई नदीस्थित जब्दीघाट पुल बारबर्दियामा सांसद गौतम र प्रदेशसभा सदस्य भुवनेश्वर चौधरी आमरण अनशनमा बसेका छन् ।

प्रकाशित मिति: आइतबार, वैशाख ३१, २०८०  ११:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update