नक्कली शरणार्थी प्रकरण : पूर्वसभासद् आङटावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी
काठमाडौं, वैशाख ३१ । नक्कली भुटानी शरणार्थी प्रकरणको आरोपमा नेपाली कांग्रेसका पूर्वसांसद आङटावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । उनले अमेरिका पठाइदिने भन्दै जिल्लाका विभिन्न व्यक्तिहरुबाट रकम असुलेको आरोप छ ।
शेर्पाले उक्त कार्यमा संलग्न केशव दुलाल र सानु भण्डारीसँग हिरासतमा पुगेर भेटसमेत गरेका थिए । दुलाल र भण्डारी २०७९ चैत १२ देखी हिरासतमा रहेका छन् । शेर्पालाई प्रहरीले खोजिरहेको छ ।
काठमाडौंको मैजुबहालस्थित शेर्पाको घरमा प्रहरीले शनिवार छापा मारिसकेको छ । २०७० मा रामेछाप–१ बाट संविधान सभा सदस्यमा निर्वाचित शेर्पा कांग्रेसको महाधिवेशन प्रतिनिधि हुन् ।
प्रकाशित मिति: आइतबार, वैशाख ३१, २०८० १२:४३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय