केन्या, वैशाख ३१ । केन्याको क्रिस्चियन डूम्सडे कल्टमा सामूहिक ‘आत्महत्या’ भएको घटनामा मृत्यु हुनेको संख्या २०० नाघेको छ । प्रहरीले हालसम्म २०१ शव निकालेको छ ।
जहाँ यो घटना भएको थियो, त्यहाँ ६०० भन्दा बढी मानिस बेपत्ता रहेको बताइएको छ । विगतमा यस सम्प्रदायसँग सम्बद्ध व्यक्तिहरु भोकले मर्नेमा सबैभन्दा पहिले बालबालिका रहेको बताउँछन् । शनिबार प्रहरीले थप २२ जनाको शव फेला पारेको छ । पत्रकारहरूसँग कुरा गर्दै स्थानीय आयुक्त रोडाह ओन्यान्चाले भने, “हाम्रो फरेन्सिक टोलीले आज २२ वटा शव निकालेको छ तर हामीले कसैलाई पनि जीवित फेला पारेका छैनौं।”
केन्याको दक्षिणपश्चिमी क्षेत्रमा अवस्थित शाकाहोला जंगलमा सामूहिक आत्महत्याको यो घटना भएको हो । प्रहरीले अहिले पनि यहाँ खोजी कार्य जारी राखेको छ । यस पंथसँग सम्बन्धित एक डेपुटी पास्टरले लन्डनको टाइम्स पत्रिकालाई यो सामूहिक आत्महत्या धेरै चरणहरूमा योजना बनाइएको बताएका छन्। यी पास्टरले अहिले प्रहरी अनुसन्धानमा सहयोग गरिरहेका छन्।
पास्टर भन्छन् कि पहिले केटाकेटीहरू भोकले मरेका थिए, त्यसपछि महिलाहरूले आफैलाई मारे र त्यसपछि पुरुषहरूले आफैलाई मारे। अन्तमा, पंथ नेता, पास्टर पाउल म्याकेन्जीको परिवारले आत्महत्या गरे। पल म्याकेन्जी अहिले प्रहरी हिरासतमा छन्। प्रहरीले केही शवको पोष्टमार्टम गरेको छ । मारिएकामा भोकभोकै, निसास्सिएर कुटपिटको लक्षण देखिएको छ ।