Kath khabar
रामबहादुर थापाका छोरा प्रतीकविरुद्ध पक्राउ पुर्जी जारी

 

                       काठमाडौं, वैशाख ३१ । नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ का छोरा प्रतीक थापाविरूद्ध पनि पक्राउ पुर्जी जारी भएको छ।

बुधबार जिल्ला अदालत काठमाडौंले थापाविरूद्ध पक्राउ पुर्जी जारी गरेको हो । रामबहादुर थापा गृहमन्त्री हुँदा उनका सुरक्षा सल्लाहकार रहेका इन्द्रजित राई पक्राउ परेपछि अनुसन्धान गर्दा प्रतीक थापा पनि संलग्न रहेको प्रमाणहरू भेटिएको थियो ।

प्रतीकले यसअघि विज्ञप्ति निकालेर आफ्नो नाम जोडिएको भन्दै आपत्ति जनाएका थिए । यस प्रकरणमा कांग्रेसका पूर्वसांसद आङटावा शेर्पाविरुद्ध पनि आज आइतबार पक्राउ पुर्जी जारी गरेको छ ।

यस प्रकरणमा अहिलेसम्म १२ जना पक्राउ परिसकेका छन् भने टोपबहादुर रायमाझी र इन्द्रजित राईका छोरा निरज राई अहिलेसम्म फरार छन् ।

प्रकाशित मिति: आइतबार, वैशाख ३१, २०८०  १४:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update