Kath khabar
आज काठमाडौं लगायत धेरै ठाउँमा हावाहुरी, चट्याङ सहित वर्षा हुने


               काठमाडौं, जेठ १ । देशका धेरै ठाउँमा अहिले घाम लागेको छ । अहिले बिहान घाम लागे पनि दिउँसो पछि भने मौसम बदली भइ हावाहुरी सहित धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद् रोजर लामिछानेले जानकारी दिनुभयो ।

हिजो पनि दिउँसो पछि मौसम बदली भइ धेरैजसो ठाउँमा हावाहुरी लागेको थियो ।  काठमाडौं उपत्यका सहित १-२ ठाउँमा पानी पनि परेको थियो । तर, रातिदेखि मौसम सुधार हुँदै अहिले बिहान घाम लागेको हो।

अपरान्ह पछि फेरि पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण बदली भइ हावाहुरी सहित पानी पर्ने मौसमविद् लामिछानेले बताउनुभयो । विशेषगरी आज र भोलि पहाडी क्षेत्रका केही ठाउँमा दिउँसो पछि पानी पर्ने सम्भावना छ । तराईका जिल्लामा भने खासै पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् ।

हावाहुरी भने धेरैजसो ठाउँमा लाग्ने अनुमान छ । मौसमविद् रोजर लामिछानेका अनुसार नेपालमा मोखा नामक चक्रवातको असर परेको छैन ।

प्रकाशित मिति: सोमबार, जेठ १, २०८०  ११:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update