पूर्वगृहमन्त्री खाँणलाई बयानका लागि सरकारी वकिल कार्यालय लगियो
काठमाडौं, वैशाख ३१ । नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको अभियोगमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई बयानको लागि सरकारी वकिल कार्यालय बबरमहलमा पुर्याइएको छ।
गत बिहिबार पक्राउ परेका पुर्व गृहमन्त्री खाँणको सरकारी वकिलको कार्यालय बबरमहलमा वयान सुरु भएको हो । उनी माथी अनुसन्धान गर्नका लागि जिल्ला अदालत, काठमाडौंले हिजो ४ दिनको म्याद थप गरिए पछि आज पुनः सरकारी वकिलको कार्यालयमा बयान दिन ल्याईएको हो ।
टेकु परिसरको हिरासतमा ४ दिन देखी रहदै आएका खाँणले सो घटनामा आफनो संलग्नता अस्विकार गर्दै आएका छन् ।
प्रकाशित मिति: सोमबार, जेठ १, २०८० १२:१०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय