Kath khabar
टोपबहादुर रायमाझीलाई तीन दिन हिरासतमा राख्न अनुमति, म्याद थप गरे लगत्तै टोपबहादुरको बयान सुरु

 

                    काठमाडौं, जेठ १ । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका नेकपा (एमाले) का सचिव एवं पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

म्याद थप गरे लगत्तै टोपबहादुरको बयान सुरु भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयका उपन्यायधिवक्तासहित जिल्ला प्रहरी परिसर काठमाडौंमा मुद्दा शाखाका डीएसपी निरञ्जन भट्टसहितको टोलीले उनको बयान लिइरहेको छ ।

जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले रायमाझीलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएका हुन् । आज सोमबार प्रहरीले अनुसन्धानका लागि म्याद थप गर्न रायमाझीलाई सरकारी वकिलको कार्यालय लगेको हो ।

प्रकाशित मिति: सोमबार, जेठ १, २०८०  १६:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update