Kath khabar
बैंकहरुले ग्राहकको चाप र आवश्यकता अनुसार शाखा खोल्न पाउने

काठमाडौं, जेठ ३१ । यही असार एक गते अर्थात मंगलबारबाट बैंकहरुले ग्राहकको चाप र आवश्यकता अनुसार शाखा खोल्न पाउने भएकाछन् । नेपाल राष्ट्र बैंकले आज सोमबार बैंक तथा फाईनान्स कम्पनीहरुको नाउँमा सुचना जारी गर्दे निशेधाज्ञा खुकुुलो भएसंगै बैंकहरुले आफ्नो आवश्यकता र ग्राहकको चाप अनुसार न्युुनतम कर्मचारी राखेर शाखा सञ्चालन गर्ने व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो ।

 यसअघि बैंकिङ क्षेत्रको शाखा सञ्चालनमा कोटा प्रणाली रहेको थियो । काठमाडौं, भक्तपुर र ललितपुरका तीन ओटै जिल्ला प्रशासन कार्यालयले निशेधाज्ञा सम्बन्धी नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएसंगै राष्ट्र बैंकले मंगलबार देखि नै कोभिड १९ को संक्रमण जोखिम न्युुनीकरण सम्वन्धी सबै उपायहरु अपनाएर शाखा सञ्चालन गर्न सक्ने व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो ।

 यसअघि भने काठमाडौं जिल्लामा वाणिज्य बैंकहरुको हकमा तीन ओटा, विकास बैंकहरुको हकमा दुुई ओटा र फाईनान्स कम्पनीहरुको हकमा एउटा, ललितपुर जिल्लाको हकमा वाणिज्य बैंक तर्फ दुुई ओटा, विकास बैंक तर्फ एउटा र फाईनान्सको हकमा एउटा र भक्तपुर जिल्लाको हकमा वाणिज्य बैंकतर्फ एउटा, विकास बैंक तर्फ एउटा र फाईनान्सको तर्फबाट पनि एउटा शाखा खोल्न पाउने गरी कोटा प्रणाली तोकिएको थियो । नयाँ सुचना अनुसार जेठ १० गते जारी भएको शाखा सञ्चालनमा रहेको यो कोटा प्रणाली खारेज भएको हो, राष्ट्र बैंकले भनेको छ । 

अब भने बैंक तथा फाईनान्स कम्पनीहरुले नेपाल सरकार तथा विश्व स्वास्थ संगठनको सुरक्षा सम्बन्धी मापदण्डको पालना गरी सेवा प्रवाहमा प्रत्यक्ष सम्पर्कमा रहने जनशक्ति तथा सेवाग्राहीमा जोखिमलाई न्युनीकरण गर्न आवश्यक सम्पुर्ण उपायहरु अवलम्वन गरी वित्तीय सेवा सञ्चालन गर्न सक्नेछन् ।

आफ्नो व्यवसायीक निरन्तरतालाई उच्च प्राथमिकतामा राखी कार्यालयमा उपस्थित नभई सम्पादन गर्न असंभव हुुने कामको लागि मात्र कार्यालयमा कर्मचारी उपस्थित गराई बैंकिङ सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन, कोभिड १९ को संक्रमण जोखिम न्युनीकरणको लागि निशेधाज्ञा जारी भएका स्थानहरुमा रहेका केन्द्रिय कार्यालयको हकमा एक तिहाई कर्मचारी तथा शाखा कार्यालयको हकमा संभव भएसम्म कम कर्मचारीहरुको उपस्थितीमा न्युनतम शाखाबाट सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन पनि राष्ट्र बैंकले निर्देशन दिएको छ ।

कर्मचारीहरुको आवश्यक उपस्थिती रोक्नको लागि सुचना प्रविधिको उच्चतम प्रयोग गरी वर्क फ्रम होम तथा रिमोट एक्सिसबाट कार्य सम्पादन गर्न, ग्राहकको चापलाई दृष्टिगत गरी शाखाहरु खोल्ने र यसरी शाखाहरु खोल्ला सकेसम्म न्युुनतम संख्यामा शाखाहरु सञ्चालनमा ल्याई बैकल्पिक शाखा कार्यालयहरुबाट आलोपालो गरी सेवा प्रदान गर्दा बन्द हुुने शाखा कार्यालयको मुुल ढोका, संस्थाको वेभसाईट तथा सामाजिक सञ्जाल समेतमा सेवा सम्बन्धी सोधपुछका लागि सम्र्पक व्यक्तिको सम्र्पक नम्बर, सेवा प्राप्त गर्न सकिने बैकल्पिक शाखा, शाखा खुुल्ला रहने सम्बन्धी सुचना दैनिकरुमा प्रकाशन गर्न पनि राष्ट्र बैंकले निर्देशन दिएको छ ।   

प्रकाशित मिति: सोमबार, जेठ ३१, २०७८  १५:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update