नक्कली शरणार्थी प्रकरणः पूर्वगृहमन्त्री खाँणको बयान आज नसकिएपछि भोलि पनि
काठमाडौं, जेठ १ । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी हिरासतमा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणको बयान भोलिपनि हुने भएको छ ।
सोमबार सरकारी वकिलको कार्यालयमा बयानका लागि उपस्थित गराइएका खाँणको बयान आज नसकिएपछि मंगलबार पनि लिने भएको हो । आजको बयानमा नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा खाँणको संलग्नताका विषयमा जोखिएका दर्जनौ सवाल जवाफ भएको छ ।
प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणका विषयमा अनुसन्धान गर्न खाँणलाई गएको वैशाख २७ गते प्रहरीले पक्राउ परेको थियो ।
प्रकाशित मिति: सोमबार, जेठ १, २०८० १७:१२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय