काठमाडौं, जेठ २ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले काठमाडौं महानगरपालिका कार्यालयमा कुनै कर्मचारीले कुनै पनि प्रकारमा पैसा मागेमा अडियो र भिडियोसहित प्रमाण जुटाइ सम्पर्क गर्न अनुरोध गरेका छन् ।
हामी भ्रष्टाचार भएको हेर्न सक्दैनौ भन्दै महानगरको कार्यालयमा कुनै पनि कर्मचारीले पैसा मागेमा प्रमाण जुटाई, अडियो वा भिडियो सहित सम्पर्क गर्न सामाजिक सञ्जाल मार्फत अनुरोध गर्दै उनले ९८६३५९२०११ को व्हाट्सएप नम्बर सार्वजनिक गरेका छन् । साथै सम्पर्क गराउने व्यक्तिको नाम गोप्य राखिने समेत उनले प्रष्ट पारेका छन् ।
हामी भ्रष्टाचार भएको हेर्न सक्दैनौ , हाम्रो अधिकार क्षेत्र काठमाडौ महानगर पालिका कार्यालयमा कुनै नि कर्मचारीले कुनै पनि प्रकारमा पैसा मागेमा प्रमाण सहित हामीलाई सम्पर्क गर्नु होला भिडियो अडियो सहित । कसैले बिना प्रमाण यस्ले यति भ्रस्टाचार गर्यो भनेर आरोप लगाउनु भन्दा पनि प्रमाण जुटाउनु होला ।
हामी लाई 9863592011 मा whatsapp मा प्रमाण सहित सम्पर्क गर्न सक्नु हुनेछ । यो मोबाइल मैले मात्र बोक्ने भएको हुनाले पठाउने को नाम गोप्य राखिनेछ ।