Kath khabar
नक्कली शरणार्थी प्रकरण : खाँण र रायमाझीको बयान आज पनि

 

                काठमाडौं, जेठ २ ।  नेपाली काँग्रेसका नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँण र एमालेका नेता एवं पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीको बयान आज पनि हुने भएको छ । हिजो दुवैको बयान नसकिएपछि आज पनि गर्न लागिएको प्रहरीले जनाएको छ । 

आइतबार राति पक्राउ परेका टोपबहादुर रायमाझीको पनि सोमबारदेखि नै बयान शुरु भएको छ । तर उनले आफ्नो स्वास्थ्यमा समस्या आएको सुनाएपछि उनलाई पनि पूरा बयान लिइएको थिएन । प्रहरीले मंगलबार दुवैको बयान सक्ने तयारी गरेको छ । 

सरकारी वकिलको कार्यालयका उपन्यायाधीवक्तासहित जिल्ला प्रहरी परिसर काठमाडौँमा मुद्दा शाखाका डिएसपी निरञ्जन भट्ट सहितको टोलीले एमालेका निलम्बित सचिवको बयान लिएको हो। हिजै जिल्ला अदालत काठमाडौंमा न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले रायमाझीलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो।

प्रकाशित मिति: मंगलबार, जेठ २, २०८०  १२:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update