Kath khabar
संसदीय समितिको भागबण्डामा ३ दलको सहमति, रास्वपा र राप्रपा अन्योलमा

 

          काठमाडौं, जेठ २ ।  तीन दलले संसदीय समितिको भागबण्डा मिलाएका छन् । कुल १० वटा संसदीय समिति रहेको संसदमा अहिले १२ दल रहेका छन् । जसमध्ये संसदको ठूलो दल रास्वपा र राप्रपाको भागमा एउटा पनि समिति नपरेको हो । 

नयाँ सहमति अनुसार नेकपा एमालेले ३ वटा समितिको सभापति पाउने भएको छ । त्यस्तै, बाँकी रहेको ७ समितिमा कांग्रेस, माओवादी, जसपा र एकीकृत समाजवादीलाई बाँकी समितिको नेतृत्व दिने तयारी छ। एमालेले सार्वजनिक लेखा समिति, राज्यको निर्देशक सिद्धान्त र नीति तथा दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको सभापति लिने भएको छ । 

त्यसो हुँदा रास्वपा र राप्रपाले  संसदका समितिको सभापति पाउने सम्भावना कम हो।

प्रकाशित मिति: मंगलबार, जेठ २, २०८०  १२:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update