राजनीति
गठबन्धनको बैठक पछि प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक
सिंहदरबारस्थित प्रधानमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकमा जेठ ५ गते ल्याउन लागेको सरकारका नीति तथा कार्यक्रमका बारेमा पनि छलफल हुने बताईएको छ
काठमाडौं, जेठ २ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले आज साँझ ४ बजे मन्त्रीपरिषद बैठक बोलाएका छन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकमा जेठ ५ गते ल्याउन लागेको सरकारका नीति तथा कार्यक्रमका बारेमा पनि छलफल हुने बताईएको छ ।
सो अघि प्रधानमन्त्री प्रचण्डले १० दलीय गठबन्धनको बैठक डाकेका छन् । सरकारका नीति तथा कार्यक्रमका बारेमा राय लिनका लागि गठबन्धनका बैठक बोलाएका हुन् ।
प्रकाशित मिति: मंगलबार, जेठ २, २०८० १४:२०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय