भुटानी शरणार्थी प्रकरण
भुटानी शरणार्थी प्रकरणः बालकृष्ण खाँणको बयान जारी
काठमाडौं, जेठ २ । भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणको जिल्ला सरकारी वकिलको कार्यालयमा बयान जारी छ ।
जिल्ला सरकारी वकिल कार्यालयका एक जना उपन्यायाधिवक्ता र काठमाडौंका मुद्दाका शाखाका डीएसपी निरञ्जनदत्त भट्टको उपस्थितिमा उनको बयान भइरहेको छ ।
गत बुधबार पक्राउ परेका खाणको सोमबारबाट बयान सुरु भएको हो । हिजो स्वास्थ्य अवस्थाको कारण देखाउँदै बयान दिन नमानेपछि डेढ घन्टामै बयान स्थगित भएको थियो ।
प्रकाशित मिति: मंगलबार, जेठ २, २०८० १६:४७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय