डिजेल र मट्टितेलको मूल्य घट्यो
सार्वजनिक गाडीको भाडा घटाउने तयारी
काठमाडौं, जेठ ३ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । गएरातिदेखि लागू हुने गरी डिजेल र मट्टीतेलमा प्रतिलिटर १०/१० रुपैयाँले भाउ घटाएको हो ।
योसँगै डिजेल र मट्टितेलको नयाँ मूल्य काठमाडौंमा प्रतिलिटर १५५ रुपैयाँ पुगेको छ । भारतीय आयल निगमले मूल्य घटाएपछि नेपाल आयल निगम सञ्चालक समितिको आजको निर्णयअनुसार मूल्य घटाइएको हो । तर, पेट्रोल, हवाई इन्धन र एलपी ग्यासको मूल्य भने परिवर्तन गरिएको छैन ।
डेढ महिनाको बीचमा डिजेलको मूल्य प्रतिलिटर २० रुपैयाँले घटेपछि सार्वजनिक गाडीको भाडा पनि घटाउने तयारी भईरहेको यातायात व्यवस्था विभागले जनाएको छ।
प्रकाशित मिति: बुधबार, जेठ ३, २०८० ०९:५३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय