समाज दर्पण
सरकारद्वारा तिलगंगा आँखा प्रतिष्ठानलाई विश्वविद्यालय बनाउने प्रकृया अघि बढाउँदै
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले तिलगंगा आँखा प्रतिष्ठानलाई विश्वविद्यालय स्थापना गर्न विधेयक तयार गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई स्वीकृति प्रदान गरिएको जानकारी दिइन्
काठमाडौं, जेठ ३ । तिलगंगा आँखा प्रतिष्ठानलाई विश्वविद्यालय बनाउने प्रक्रिया अघि बढेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले तिलगंगा आँखा प्रतिष्ठानलाई विश्वविद्यालय बनाउने प्रक्रिया अघि बढाउँदै विधेयक तयार गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई स्वीकृति प्रदान गरेको छ।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले तिलगंगा आँखा प्रतिष्ठानलाई विश्वविद्यालय स्थापना गर्न विधेयक तयार गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई स्वीकृति प्रदान गरिएको जानकारी दिइन्। मन्त्रिपरिषद् बैठकले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय संरक्षक समितिमा केही व्यक्तिहरूलाई नियुक्त पनि गरेको छ।
प्रकाशित मिति: बुधबार, जेठ ३, २०८० १२:१८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय