नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज प्रहरीले नबुझाउने
काठमाडौं, जेठ ३ । नक्कली भुटानी शरणार्थी प्रकरणमा करोडौं असूली गरेको गिरोहबारेको अनुसन्धान प्रतिवेदन प्रहरीले आज बुधबार नबुझाउने भएको छ ।
गिरोहबारेको अनुसन्धान सकेर रायसहितको प्रतिवेदन बुझाउन सरकारी वकिलले निर्देशन दिएपनि प्रहरीले प्रतिवेदन नबुझाउने भएको हो । जिल्ला प्रहरी परिसर, काठमाडौँका अनुसार अनुसन्धानका क्रममा गर्नुपर्ने कामहरु पूरा नभएकाले आज प्रतिवेदन नबुझाउने भएको हो ।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने गिरोहमा संलग्न रहेको आरोपमा अहिलेसम्म १४ जना पक्राउ परेका छन् । उनीहरुमाथि ठगी र संगठित अपराधसम्बन्धी कसूरमा म्याद थप गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: बुधबार, जेठ ३, २०८० १४:०५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय