नागरिक उन्मुक्ति पार्टीद्धारा जेठ ६ देखि १० गतेसम्म नेपाल बन्दको घोषणा
माग पूरा नगरे सरकार छाड्ने चेतावनी
काठमाडौं, जेठ ३ । नागरिक उन्मुक्ति पार्टीले आगामी जेठ ६ गतेदेखि १० गतेसम्म नेपाल बन्द गर्ने घोषणा गरेको छ ।
रेशम चौधरीको मुद्दालाई राजनीतिक मुद्दा नबनाएर जन्मकैदको फैसला सदर भएको भन्दै नाउपाले आन्दोलनको चेतावनी प्रेसविज्ञप्ति मार्फत दिएको हो। टीकापुर घटनालाई राजनीति घटनाको रुप लिइनुपर्ने र सोहीअनुसार समाधान खोजिनुपर्ने नागरिक उन्मुक्ति पार्टीले माग गरेको छ ।
विज्ञप्तिका अनुसार सरकारले लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरे जेठको ३, ४ र ५ गते देशव्यापी राँके जुलुस प्रदर्शन, कोण सभा गर्ने र जेठ ६ गतेदेखि १० गतेसम्म नेपाल बन्दको घोषणा गरेको हो । यस्तै पार्टीले तीन दिनभित्र आफ्नो माग पूरा नगरे सरकार छाड्ने चेतावनी पनि दिएको छ ।
प्रकाशित मिति: बुधबार, जेठ ३, २०८० १४:१९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय