रेशम चौधरीलाई नछुटाइएमा देशमा आगो बल्ने धमलापत्नी एलिजाको धम्कीपूर्ण अभिव्यक्ति
काठमाडौं, जेठ ३ । पत्रकार ऋषि धमलाकी पत्नी, अभिनेत्री तथा नागरिक उन्मुक्ति पार्टीकी नेतृ एलिजा गौतमले धम्कीपूर्ण भाषाको अभिव्यक्ति दिएकी छन् ।
गत वर्ष नागरिक उन्मुक्ति पार्टी प्रवेश गरेकी उनले पार्टीका संरक्षक रेशम चौधरीलाई मंगलबार सर्वोच्च अदालतले उच्च अदालत, दिपालयले गरेको जन्मकैदको फैसलालाई नै सदर गरेपछि सर्वोच्चको फैसलाविरुद्ध धम्कीपूर्ण भाषा बोल्दै देशमा आगो लाग्ने चेतावनी दिइन् ।
‘जबसम्म उहाँले न्याय पाउनुहुन्न, हामी चुप बस्दैनौं, देशव्यापी आन्दोलन हुन्छ, अब यदि रेशम चौधरीलाई छुटाइएन भने आगो बल्छ देशमा’, धमलापत्नीले भनिन् ।
उनले निर्दोष व्यक्ति थुनामा भएको भन्दै अब रेशम चौधरीको रिहाइमा जुनसुकै खालको आन्दोलन हुन सक्ने अभिव्यक्ति दिइन् ।
प्रकाशित मिति: बुधबार, जेठ ३, २०८० १४:५४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय