Kath khabar
साफ च्याम्पियनसिप २०२३ : एउटै समूहमा परे नेपाल र भारत

 

              काठमाडौं, जेठ ३ । साफ च्याम्पियनसिप २०२३ फुटबल प्रतियोगितामा नेपाल कठिन समूहमा परेको छ । प्रतियोगितामा नेपाल र भारत एउटै समूहमा परेका छन् ।

आगामी असार ६ देखि १८ सम्म भारतको बेंगलोरमा आयोजना हुने च्याम्पियनसिपमा नेपालको समूहमा साविक विजेता भारत र आमन्त्रित्र कुवेत परेका हुन् ।

दक्षिण एसियाली फुटबल महासङ्घले आयोजना गर्ने साफ च्याम्पियनशिप २०२३ को ड्र निकाल्ने क्रममा नेपाल समूह ‘ए’ मा परेको हो । नेपालको समूहमा पाकिस्तान पनि रहेको छ । प्रतियोगिताको पहिलो दिन नेपालले कुवेतको सामना गर्नेछ ।

समूह विभाजनमा नेपाल समुह ‘ए’ मा पर्दा नेपालले भारत, पाकिस्तान र कुवेत प्रतिद्वन्द्वी पाएको हो । समूह बीमा भने लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश रहेका छन् ।

फिफाको प्रतिबन्धका कारण यो संस्करणमा श्रीलंकाको सहभागिता भने रहने छैन । यद्यपि, कुवेत र लेबनानले आमन्त्रित टोलीको रूपमा खेल्नेछन् ।

प्रकाशित मिति: बुधबार, जेठ ३, २०८०  १६:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update