आज संसदमा ‘प्रधानमन्त्रीसँग प्रश्नोत्तर’ कार्यक्रम हुँदै
काठमाडौं, जेठ ४ । प्रतिनिधिसभामा आज ‘प्रधानमन्त्रीसँग प्रश्नोत्तर’ कार्यक्रम हुँदैछ ।
आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले संसदमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग प्रश्नोत्तर गर्ने कार्यक्रम तय गरेको हो ।
प्रधानमन्त्री प्रचण्डले ‘राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा गरेका काम र प्राप्त उपलब्धिसहितको आ.व. २०७८/०७९ को वार्षिक प्रतिवेदन’ नाामक प्रतिवेदन समेत संसदमा पेस गर्ने कार्यसूची रहेको छ ।
यो व्यवस्था अनुसार २० जना सांसदले सभामुखलाई आफ्नो प्रश्नबारे जानकारी गराएको संघीय संसद सचिवालयले जनाएको छ । बैठकमा संसदमा दलहरुको हैसियतका आधारमा प्रधानमन्त्रीलाई प्रश्न सोध्नेछन्।
प्रकाशित मिति: बिहीबार, जेठ ४, २०८० ११:२८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय