Kath khabar
शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज १९ औं चरणका ३ खेल हुँदै

 

               काठमाडौं, जेठ ४ ।  शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज बिहीबार १९ औं चरणका ३ खेल हुँदैछन् ।

दिउँसो ३ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा फ्रेन्ड्स क्लब र मछिन्द्र क्लबबीच खेल हुनेछ। सोही सयम च्यासल मैदानमा मनाङ मर्स्याङ्दी क्लब र संकटा क्लबबीच खेल हुनेछ । आज हुने दोस्रो खेल साँझ ६ बजे दशरथ रंगशालामा न्युरोड टिम (एनआरटी)ले जावलाखेल युथ क्लबको सामना गर्नेछ ।

लिगमा १८ चरणको समाप्तिमा ३३ अंकसहित चर्च ब्वाइज शिर्ष स्थानमा रहँदा ३१ अंक सहित जावलाखेल युथ क्लब दोस्रो स्थानमा छ भने तेस्रो स्थानको मच्छिन्द्र ३० अंकमा रहेको छ । १४ टोली सहभागी लिगको पुछारका २ वटा टोली रेलिगेसनमा परेर ‘बी’ डिभिजनमा घटुवा हुनेछन् । 

प्रकाशित मिति: बिहीबार, जेठ ४, २०८०  १३:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update