खेलकुद
रियल मड्रिडलाई हराउँदै म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको फाइनलमा इन्टरसँग भिड्दै
सिटी र रियल मड्रिडले पहिलो लिगमा १-१ गोलको बराबरी खेलेका थिए । सिटीको जितमा बर्नाडो सिल्भाले २ तथा म्यानुयल एकान्जी र जुलियन अल्भारेजले समान १-१ गोल गरे । सिटी सन् २०२०-२१ को सिजनमा फाइनलमा पुगे पनि चेल्सीसँग पराजित भएको थियो
म्यानचेस्टर, जेठ ४ । साविक विजेता रियल मड्रिडलाई हराउँदै म्यानचेस्टर सिटी यूईएफए च्याम्पियन्स लिग फुटबलको फाइनलमा पुगेको छ ।
इत्तिहाद स्टेडियम म्यानचेस्टरमा गएराति भएको सेमिफाइनलको दोस्रो लिगमा ४-० को तथा समग्रमा ५-१ को जित सहित सिटी फाइनलमा पुगेको हो ।
सिटी र रियल मड्रिडले पहिलो लिगमा १-१ गोलको बराबरी खेलेका थिए । सिटीको जितमा बर्नाडो सिल्भाले २ तथा म्यानुयल एकान्जी र जुलियन अल्भारेजले समान १-१ गोल गरे । सिटी सन् २०२०-२१ को सिजनमा फाइनलमा पुगे पनि चेल्सीसँग पराजित भएको थियो ।
रियलले अहिलेसम्म १४ पटक च्याम्पियन्स लिगको उपाधि जितेको छ तर सिटीले उपाधि जित्न सकेको छैन । अब सिटीले उपाधिका लागि इन्टर मिलानसँग खेल्नेछ । फाइनल खेल जुन १० तारिखमा हुनेछ ।
प्रकाशित मिति: बिहीबार, जेठ ४, २०८० १५:२५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय