Kath khabar
१० दिने भ्रमणका लागि माओवादी केन्द्रका ४ पदाधिकारी सहित २० सदस्यीय टोली चीन प्रस्थान

 

                    काठमाडौं, जेठ ५ ।  सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) का नेताहरू उत्तरी छिमेकी मुलुक चीनको १० दिने भ्रमणका लागि आज प्रस्थान गरेका छन्।

माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटा नेतृत्वको २० सदस्यीय टोली अनुभव आदान प्रदानका लागि चीनको छिन्दुका लागि प्रस्थान गरेको भ्रमण दलका सदस्य जीपी मैनालीले जानकरी दिए। उनीहरु आज छिन्दु प्रस्थान गरेका हुन्।

भ्रमण दलमा माओवादीका उपाध्यक्ष समेत रहेका पूर्व सभामुख सापकोटा सहित पार्टी सचिवहरु हितमान शाक्य, गणेश शाह र डिलाराम आाचार्य प्रदेश अध्यक्षहरु सहित केन्द्रिय नेताहरु रहेको मैनालीले बताए। यसअघि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेताहरूको टोली चीन भ्रमण गरेर फर्किएको थियो।

प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८०  ११:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update