सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
काठमाडौं, जेठ ५ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । सरकारले आज सार्वजनिक गर्ने नीति तथा कार्यक्रम स्वीकृत गर्नको लागि मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु भएको हो ।
आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने सरकारको कार्यक्रम अन्तर्गत राष्ट्रपति रामचन्द्र पौडेलले आज अपराह्न ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछन् ।
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सांसदहरूलाई तोकिएको पोशाकमा दिउँसो पौने ४ बजेभित्रै आ–आफ्नो स्थानमा आएर बसिसक्न आग्रह गरेका छन् । घिमिरेले शुक्रबार नै साँझ ६ बजे प्रतिनिधिसभा बैठक आह्वान गरेका छन् ।
प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८० १२:५८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय