Kath khabar
संसद भवन जाँदा जनतालाई सास्ती हुने गरी तामझाम नगर्न राष्ट्रपति पौडेलको निर्देशन

 

                  काठमाडौं, जेठ ५ ।  राष्ट्रपति रामचन्द्र पौडेल नीति तथा कार्यक्रम प्रस्तुत गर्न संघीय संसद भवन बानेश्वर जाँदा कुनै तामझाम नगर्न निर्देशन दिएका छन् ।

नागरिकलाई सास्ती हुने भएकाले आफू संसद भवन जाँदा कुनै तामझामको व्यवस्था नगर्ने निर्देशन भइसकेको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरले बताए।

सेनाले पुरानो परम्परा नमास्न आग्रह गरिरहेकाले संसद भवनको गेटबाट बग्गी अगाडि लाग्नसक्ने उनको भनाइ छ। यसअघि राष्ट्रपति निस्कँदा सडक नै खाली गराउने गरिएको थियो । तर चौतर्फि विरोध भएपछि पौडेलले आफू निर्वाचित हुनुअघि नै आफू सामान्य रुपमा हिँड्ने प्रतिबद्धता जनाएका थिए।

प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८०  १३:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update