Kath khabar
सडक खाली नगराइ संसद भवन पुगे राष्ट्रपति पौडेल

 

                    काठमाडौं, जेठ ५ । राष्ट्रपति रामचन्द्र पौडेल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न संसद भवन नयाँ बानेश्वर पुगेका छन् । सडकमा सर्वसाधारणलाई अप्ठ्यारो नहुने र सडक खाली नगरी राष्ट्रपति पौडेल संसद भवन पुगेका हुन्।  विगतको परम्परा तोड्दै राष्ट्रपतिले शीतल निवासबाट संसद भवन जाँदा सडक खाली गराइएन ।

यसअघि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी र डा. रामवरण यादवको पालामा सरकारी कार्यक्रममा सहभागी हुँदा सडक जाम गरिँदा नागरिकले सास्ती भोग्नु  परेको भन्दै चर्को आलोचना हुने गरेको थियो । चौतर्फि विरोध भएपछि पौडेलले आफू निर्वाचित हुनुअघि नै आफू सामान्य रुपमा हिँड्ने प्रतिबद्धता जनाएका थिए।

प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८०  १६:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update