Kath khabar
बेपत्ता भएको भनिएकी मञ्जु खाँण संसदमै भेटिइन्


                 काठमाडौं, जेठ ५ ।  नक्कली भुटानी शरणार्थी मुद्दामा श्रीमान् बालकृष्ण खाँण पक्राउ परेपछि सम्पर्क विहीन बनेकी मञ्जु खाँण संसदमा भेटिएकी छन् । बालकृष्ण पक्राउ परेसँगै सम्पर्क विहीन भएकी हुने शुक्रबारको प्रतिनिधि सभा तथा राष्ट्रिय सभाको संयुक्त बैठकमा देखिएकी हुन् । 

उनी बैठकमा उदास मुद्रामा देखिएकी छन् । सो प्रकरणमा मञ्जुको पनि नाम जोडिएपछि उनी बेपत्ता बनेकी हुन् । उनी पक्राउ परेका श्रीमान् बालकृष्णलाई भेट्न समेत अहिलेसम्म गएकी छैनन् । 
 

प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८०  १७:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update